Loading...

थाहा पाउनुस् फेसबुकको नयाँ नियम

By Namaste Hajur | Saturday, November 29, 2014
फेसबुकले नयाँ नियम ल्याउन लागेको जानकारी दिएको छ। १ जनवरी, २०१५ देखि उसले आफ्नो नियम बदल्न लागेको हो। यसको लागि कम्पनीले सबै युजर्सलाई नोटिफिकेशन पनि पठाएको छ। फेसबुकका अनुसार अब फेसबुकले युजर्सलाई फेसबुक चलाउनको लागि टिप्स/गाइडलाइन दिनेछ। 

कम्पनीले नयाँ नियमको माध्यमबाट फेसबुक प्रयोगकर्तालाई सुरक्षित नेटवर्किङको लागि गाइड गर्नेछ। यो जानकारी भने अहिलेलाई ३६ भाषामा मात्र हुनेछ।

नयाँ नियममा के के छन ? 
प्राइभेसी बक्स यसको माध्यमबाट फेसबुकले आफ्नो युजर्सलाई आफ्नो जानकारीको लागि नियन्त्रणमा राख्न सक्छ। 

उदाहरणको लागि तपाई आफ्नो Untag, unfriend र block को बारेमा जान्न सक्नुहुनेछ । यति मात्र नभई आफ्नो हरेक पोस्ट कस-कसलाई पठाउने पनि थाहा हुनेछ। 

नजिकको लोकेशन 
फेसबुकले अब तपाई नजिकको जरुरी जानकारी पनि दिनेछ । आफ्नो लोकेशन हालेपछि तपाईको वरिपरि रहेको ठाउँको रेष्टुरेन्ट र उसको मेन्यु, सिनेमा हल, लाइब्रेरी आदिको जानकारी दिनेछ । 

किनमेल गर्न सकिने 
फेसबुकले बायाँ बटनको टेष्ट गरिरहेको छ, जसको सहयोगबाट मानिसहरु फेसबुकबाट लगआउट नगरिकन सामान किन्न सक्नेछन । यति मात्र नभई फेसबुकले पैसा राख्न निकाल्न मिल्ने तरिकामा पनि काम गरिरहेको बताएको छ । 

पासवर्ड रिकभर हुने
फेसबुकले आफ्नो कम्पनी, एप्स र सेवाको बारेमा जानकारी दिनेछ । तपाईले आफ्नो अरु कुनै एकाउन्टको पासवर्ड बिर्सिनुभयो भने तपाईको फेसबुक एकाउण्टको सहयोगबाट पासवर्ड रिकभर गर्न सक्नुहुनेछ ।
थप जानकारीका लागि भिडियो हेर्नुहोस्।
सिफारिस गरिएको पोस्टहरु
Loading...
TV SANSAR

Tv Sansar | News and Entertainment | Health and Life Style | Breaking News | Daily News Watch Online | Neapali Online Television | Entertainment News | Business News | International News.

Visit Website: www.tvsansar.net