Loading...
बलिउड कलाकारहरु अब नेपाल आउन लागेका समाचार खासै नौलो हुन छोडेको छ। महिनामा कुनै न कुनै नाम चलेका बलिउड कलाकार नेपाल आइरहेका छन्। नायक अक्षय कुमार, आमिर खान, नायिका सन्नी लियोनी, रविना टण्डन, जरिन खान लगायतका बलिउड स्टार नेपाल आइसकेका छन्।


केही दिन अघि मात्र नायिका रविना टण्डनले नेपाली गहनामा आफूलाई प्रस्तुत गरेर फर्किसकेकी छिन् । अब अर्की बलिउड सफल सुन्दरी सुस्मिता सेन नेपाल आउने भएकी छिन्। नोभेम्बर १४ र १५ मा काठमाण्डौको ‘याक एन्ड यती होटल’मा आयोजना हुन लागेको ‘टाइमलेस प्यारागन ज्वेलरी फेशन शो’मा सहभागी हुन सुस्मिता नेपाल आउन लागेकी हुन् । उनी यो शोको सो स्टपर रहनेछिन्।

उनलाई भारतका चर्चित मोडलहरुले साथ दिने बताइएको छ। यस्तै, फेशन शोमा नेपालबाट पूर्व मिस नेपालहरु माल्भिका सुब्बा, श्रृष्टी श्रेष्ठको साथमा मोडल आस्था पोख्रेल, अस्मि श्रेष्ठ लगायतले र्‍याम्प नाप्नेछन्। सुस्मिता भोली नेपाल आउने वुझिएको छ।
सिफारिस गरिएको पोस्टहरु
Loading...