Loading...

Recent Posts

कोरोना भाइरसबाट पूरा संसार प्रभावित भएको छ। यो महामारीसँग लड्न बलिउड सेलिब्रिटीले पनि मद्दत गरिरहेका छन्। प्रियंका चोपडा, शाहरुख खान, अक्षय कुमार, सलमान खानसहित धेरै सेलिब्रिटी विभिन्न प्रकारका सहयोग लिएर अगाडि आएका छन्। धेरै स्थानमा गरिएको च्यारिटीपछि अभिनेत्री प्रियंकाले स्वास्थ्यकर्मीको पीडा अनुभव गरिन्।

प्रियंकाले फ्रन्टलाइन हेल्थकेयर वर्कसका लागि २० हजार थान फुटवेअर्स सहयोग गरेकी छन्। खबरअनुसार उनले कोरोना भाइरस महामारीबीच लसएन्जल्समा फ्रन्टलाइनमा काम गरिरहेका स्वास्थ्यकर्मीका लागि १० हजार फुटवेअर दान गरेकी छन् यसबाहेक पूरा भारतका सार्वजनिक र सरकारी अस्पतालका स्वास्थ्य सेवाकर्मीका लागि अतिरिक्त १० हजार जोडी जुत्ता पठाएकी छन्।

प्रियंकाले ‘क्रक्स सुज’ पठाएकी छन् ताकि घण्टौं काम गर्दा उनीहरूले सहज अनुभव गरून्। प्रियंका र उनका पति निक जोन्स लकडाउनबाट प्रभावित स्वास्थ्यकर्मीलाई मात्र होइन विद्यार्थी, महिला, गरिब परिवार र बच्चालाई पनि सहयोग गरिरहेका छन्। प्रियंकाले युनिसेफ, फिडिङ अमेरिका, डाक्टर्स विदाउट बोर्डर्स, नकिङ हंग्री, गिभ इन्डिया, आईएएचभी, फ्रैंड्स अफ एसिमा र पीएम केयर फन्डलाई डोनेसन दिइसकेकी छन्। यसका साथै उनले यो संकटको डटेर सामना गर्ने महिलाका लागि एक लाख डलर अर्थात् ७६ लाख भारतीय रुपैयाँ सहयोग गर्ने बताएकी छन्।

कोरोना महामारीको डटेर सामना गर्ने महिलाकालागि एक लाख डलर सहयोग

By Tv Sansar | Sunday, April 26, 2020
चर्चित रियालिटी शो 'अमेरिकन आइडल'मा दमदार प्रस्तुती दिदै दर्शक तथा जजको मन जित्दै आएका नेपाली मुलका युवा दिवेश पोखरेलले भोट गर्न सबै नेपालीमा अपिल गरेका छन्। अमेरिकन आइडलमा विभिन्न चारणहरु पार गर्दै अगाडि बढिरहेका पोखरेललाई अब अगाडि बढ्नको लागि फ्यानको सहयोग आवश्यक पर्ने भएको भएकाले भोट गरेर आफूलाई जिताउन सबै नेपालीमा अपिल गरेका छन्।


उनले भोटिङ गर्ने तरिकाका बारेमा पनि जानकारी गराएका छन्।  दिवेशले आफ्नो फेसबुक पेजमार्फत सबै फ्यानहरुलाई भोट गर्न अपिल गरेका हुन्। साथमा उनले आफूलाई यहाँसम्म अघि बढाउन सघाउने सबैलाई धन्यवाद दिएका छन्। संसारभरका संगीतप्रेमीको मन जितेका दिवेशलाई जिताउन भोटिङको अभियान पनि सुरु गरिएको छ। उनका परिवार र साथीभाइहरुसहित नेपाली फ्यानहरुले उनका लागि भोट गर्न अपिल गरिरहेका छन्।


दिवेश पोखरेलले गरे भोट गर्न सबै नेपालीमा अपिल

By Tv Sansar |

भाईरल गायक भीम निरौला ‘ब्रिटेनस् गट ट्यालेन्ट’ शोमा सहभागी भएका छन्। प्रतियाेगीकाे रूपमा सहभागी भएका गायक निरौलाले  ब्रिटेनस् गट ट्यालेन्टको पहलो चरणको अडिशन पार गरेकाछन्। करिव ६ वर्ष पहिले ‘सन्डे मर्निङ लभ यु' वोलको गीतका कारण भीम निरौलाले निकै चर्चा कमाएका थिए।

ब्रिटेनस्  ब्रिटिस गट ट्यालेन्टको अडिशनकाे क्रममा उनले 'सन्डे मर्निङ लभ यु’ गाए। उनको प्रस्तुती प्रति एक जजले मन पराएका छैनन्। तर अन्य तीन जजहरुले भने उनको प्रस्तुतीको मज्जा लिए। निर्णायक तथा दर्शकले ठूलो हुटिङ गर्दै गायनमा उनलाई साथ दिएका छन्। 

५४ बर्षीय गायक निराैला हाल बेलायतमै बस्दै आएका छन्। याे प्रस्तुतीसँगै निराैलाकाे चर्चासमेत बढेकाे छ। 

'सन्डे मर्निङ लभ यु’ गायक भिम निरौलाले पारगरे ब्रिटेनस् गट ट्यालेन्टको पहिलो चरण

By Tv Sansar |
नायिका तथा मोडल स्वस्तिमा खड्का पछिल्लो समय ग्ल्यामर लुक्समा देखिन थालेकी छिन्। केही समयअघिसम्म पनि उनलाई सिम्पल नायिकाका रुपमा लिने गरिन्थ्यो। ‘बुलबुल’ नामक फिल्ममा उनले गरेको अभिनयको निकै तारिफ हुन भयो। यो फिल्ममा पनि स्वस्तिमा एक सामान्य र सोझी युवतीको भूमिका निभाएकी थिइन्। आजभोलि उनले सामाजिक सञ्जालमा बिकिनी अवतारका तस्वीरहरु निरन्तर शेयर गर्न थालेकी छिन्। बिकिनी भेषमा देखिने नायिकाहरुमा स्वस्तिमा पनि थपिएकी छिन्।


त्यसो त केही पहिलेसम्म यसरी बिकिनी लगाएका तस्वीर राख्दा फ्यानले गाली गर्ने गर्थे। अहिले भने यसलाई सामान्य रुपमा लिन थालिएको छ। सामाजिक सञ्जालमा जसरी रमाए पनि दर्शकको साथ पाउन भने अभिनय नै राम्रो हुनु पर्छ। अब ‘घामड शेरे’ र ‘चपली हाइट ३’ मार्फत दर्शकमाझ आउन लागेकी स्वस्तिमाले अभिनयमार्फत दर्शकलाई आफ्नो बनाउन सक्छिन् कि सक्दिनन्, भविष्यले नै बताउला।



बिकिनी अवतारमा नायिका स्वस्तिमा खड्का

By Tv Sansar | Friday, October 11, 2019
आर्यन र एलिशाको ग्ल्यामर जवानी

पहिलो गीत ‘सिल्की सिल्की बाल’ को सफलतापछि ‘च च हुई’ को दोस्रो गीत ‘जवानी’ रिलिज गरिएको छ। सार्वजनिक गीतको भिडियोमा आर्यन सिग्देल र एलिशा शर्मालाई ग्ल्यामर अवतारमा फिचर गरिएको छ। छन्। सेट लगाएर छायांकन गरिएको गीतको कोरियोग्राफी  शिशिर खातीले गरेका हुन्। 

निर्देशक साम्तेन भुटिया र विनय सापकोटाको शब्द रहेको गीतमा रोशन थापाले संगीत भरेका हुन्। गीतमा रोशन थापा र सुमन गुरुङको स्वर सुन्न सकिन्छ।  मंसिर ६ गते बाट प्रदर्शन हुने फिल्ममा आर्यनसँगै भोलाराज सापकोटा, मिरुना मगर, माओत्से गुरुङ, पुष्कर गुरुङ, बबिता मल्ललगायतको अभिनय छ।  रोमान्टिक / कमेडी जनरमा तयार भएको फिल्मको निर्देशन र सम्पादन साम्तेन भुटियाले गरेका हुन्।

एजिएल इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्ममा अमृत घोले लामाले लगानी गरेका छन्। व्यवसायी घोले यसैफिल्म मार्फत निर्माणमा आउँदैछन्। सुशन प्रजापतिको छायांकन गरेको फिल्मका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ। यसमा नीमा लामाको मेकअप, रेनिश फागोको कलर करेक्सन,श्री श्रेष्ठको द्वन्द्व, शिशिर खातीको कोरियोग्राफी, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड स्कोर रहेको छ।

आर्यन र एलिशाको ग्ल्यामर जवानी

By Tv Sansar | Thursday, October 10, 2019
नम्रता श्रेष्ठ र अनुप बिक्रम शाही अभिनित फिल्म ‘जाइरा’को पहिलो गीत रिलिज भएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा पत्रकार तथा अन्य पाहुनाहरुमाझ फिल्म निर्माण पक्षले 'आँखै ले बोल्छ’ बोलको गीतको भिडियो सार्वजनिक गरेको हो। फिल्मका मुख्य कलाकार नम्रता श्रेष्ठ र अनुप बिक्रम शाहीलाई फिचर्ड गरिएको गीतको भिडियोमा रोमान्टिक द्रिश्यलाई प्राथमिकता दीइएको छ। रबी मल्लको शब्द, कल्याण सिंहको सगीत रहेको गीतमा सन्तोष लामाको स्वर सुन्न सकिन्छ।

नम्रता र अनुपको रोमान्टिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

यो गीतको भिडियोमा रोमान्टिक मुडमा नम्रतालाई देखाईए पनि फिल्ममा नम्रताले मिक्स मार्शल आर्ट खेलाडी (एम.एम.ए) को भूमिका निर्वाह गरेकी छिन।  उनलाई यसअघिका फिल्ममा भन्दा ‘जाइरा’मा भिन्न अवतारमा प्रस्तुत गरिएको निर्माण पक्षको दाबी छ। छोटो कपाल र सुगठित शरीरमा देखिएकी नम्रताले बदलाको कथामा आफुलाई ढालेकी छन्।

कटामरी फिल्मसको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्डसेटर्स प्रालिको व्यानरमा निर्मित फिल्मका निर्देशक आशुतोष राज श्रेष्ठले फिल्ममा मिक्स मार्शल आर्ट केन्द्रित भएपनि प्रमुख प्लट बदला रहेको बताए। भदौ ६ गतेदेखि अलनेपाल रिलिज हुने फिल्ममा नम्रता र अनुप संगै प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, र नवकलाकार सृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको पनि अभिनय छ।

नम्रता र अनुप बिक्रमको रोमान्टिक 🔥 भिडियो बाहिरियो !

By Tv Sansar | Saturday, June 29, 2019
बलिउड नायिका सन्नी लियोनीले अब स्कुल खोल्ने भएकी छिन्। उनको स्कुलमा कला सम्बन्धि पढाई हुने भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ।

कला एवं संस्कृतिको वारेमा वालवालिकालाई जानकारी गराउने उद्देश्यले स्कुल खोल्न लागेको सन्नीको भनाई रहेको छ।

उनले सञ्चालन गर्ने स्कुलमा १२ देखी ३६ महिनाका बालवालिकाले मात्रै भर्ना पाउनेछन्। उक्त स्कुल आउदो वर्षदेखी सञ्चालनमा आउने बताईएको छ।

स्कुल खोल्ने तयारीमा बलिउड नायिका सन्नी

By Tv Sansar | Thursday, June 27, 2019